default_image

6 years ago

October 5, 2018

साफ यु–१८ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यु–१८  महिला फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुवै खेल हुदैछ । पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतसँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३ः१५ बजेपछि खेल शुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्दै च्याम्पियनसिपको फाइनमा पुग्ने लक्ष्यमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै टिमका लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए । तर, भारतविरुद्धको खेल नेपाललाई निकै गाह्रो हुनेछ । यता, भारत पनि नेपालाई सहजै पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाल समूह ‘बी’ को उपविजेता बनेपछि सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । भारत समूह ‘ए’ को विजेता हो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि १२–० को सहज जित निकाल्दा बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
शुक्रबारै आयोजक भुटानले उपाधिको प्रवल दावेदार बंगलादेशसँग साँझ ६ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.