default_image

6 years ago

October 5, 2018

कारियसको गल्तीमा फेरी डुब्यो टोली

78 views

0 Bookmark

एजेन्सी – युरोपा लिग अन्तर्गत बिहिबार भएको खेलमा जर्मन गोलरक्षक लोरिस कारियसले फेरी गल्ति गरेका छन् । लिभरपुलबाट लोनमा बेसिक्टास पुगेका उनले माल्मोविरुद्ध २-० को हारमा गल्ति गरेका थिए ।

गत सिजन च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडविरुद्ध गल्ति गरेपछि रियलले सहजै उपाधि जितेको थियो । त्यसयता टोलीमा उपस्थित नरहेका कारियस टर्किस क्लबबाट खेल्दै आएका छन् । बेसिक्टासका लागि दोस्रो युरोपेली खेलमा खेलिरहेका कारियसको गल्तीमा माल्मोले अग्रता लिएको थियो । माल्मोका खेलाडीले दायाँ विङ्गबाट गरेको क्रसमा कारियस झुक्किएपछि उनले बचाउन खोजेको बल सिधै आफ्नो पोस्टतर्फ पठाएका थिए ।

क्रस बक्सभित्र आउने क्रममा आफ्नो डिफेन्सलाई लागेपछि झुक्किएका उनले पन्च गर्ने धुनमा आफ्नो पोस्टमा बल पठाए । गोल भने केनर एर्किनको नाममा आत्मघाती गोलको रुपमा दर्ता भएको छ । अघिल्लो खेलमा जित दर्ता गरेको बेसिक्टास यस खेलमा पराजित भएपछि शीर्ष स्थानमा जान सकेन । समूहको सबै टोलीको समान ३ अंक रहेको छ ।

सिजनको सुरुआतमै बेसिक्टास पुगेका कारियसले यसै साता क्लबको लागि पहिलो क्लिन सिट राखेका थिए । उनले लिभरपुलमा सुरुआती रोजाइमा मौका नपाउने पक्का भएपछि क्लब छाड्ने निर्णय गरेका थिए । उनलाई बेसिक्टासले स्थायी अनुबन्धन गर्ने विकल्पसहित लोनमा ल्याएको हो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.