6 years ago
October 5, 2018
लन्डन (एजेन्सी) – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । युरोपा लिग अन्तरगत बिहिबार राति भएको खेलमा चेल्सीले हंगेरीको क्लब भिडी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
चेल्सीलाई जिताउन अल्भेरो मोराटाले एकमात्र गोल गरे । भिडीलाई खेलभर दवावमा राखेपनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । आठौं मिनेटमा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो । इमर्सनको प्रहार क्रसबारबाट बाहिरिएको थियो । २३औं मिनेटमा पेड्रोको प्रहार भिडीका गोलरक्षक थोमस टुचभेलले मुस्किलले बचाएपछि चेल्सी अग्रता लिनबाट चुकेको थियो । ३९औं मिनेटमा चेल्सीले पेनाल्टीको अपिल गरेपछि रेफ्रीले त्यसलाई दिएन ।
पहिलो हाफको अन्त्यतिर भिडीका नेगोको प्रहार चेल्सीका गोलरक्षक किपाले सहजै बचाएका थिए । दोस्रो हाफको शुरुमै नेगोले अर्काे मौका खेर फालेको थियो । ६१औं मिनेटमा मिलानोभले अर्काे मौका खेर फालेको थियो । दोस्रो हाफमा केही सुस्त देखिएको चेल्सीले अन्ततः ७०औं मिनेटमा गोल गर्न सफल भएको थियो । विलियनको पासमा अल्भेरो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
७७औं मिनेटमा इडेन हाजार्डको फ्रिकिक प्रहार पोस्टमा लागेर फर्कदा चेल्सीले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । ८३औं मिनेटमा भिडीले बराबरी गोल गर्ने मौका खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले १–० को जित निकाल्न सफल भयो । लगातार दोस्रो जितसँगै चेल्सी समूह ‘एल’ मा ६ अंका जोडेर समूहको शीर्ष स्थानमा छ । चेल्सीले यसअघि पाओक एफसीमाथि पनि १–० कै जित निकालेको थियो ।
बिहिबार राति नै भएको यो समूहको अर्काे खेलमा पाओक एफसीले वेट बोरिसोभमाथि ४–१ को सहज जित निकाल्यो । पाओकको जितमा लियो जाभाले दुई तथा एलेकसान्डार प्रिजोभिक र डिमिट्रियस पेलकासले समान १ गोल गर्दा बोरिसोभले जोसे एन्जलबाट एक गोल उपहार पाएको थियो । जितसँगै पाओक ३ अकं जोडेर दोस्रो तथा बोरिसोभको ३ अंक रहेपनि तेस्रो स्थानमा छ । अंक जोड्न नसकेको भिडी पुछारमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]