6 years ago
October 6, 2018
लिस्बन (एजेन्सी) – अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।
अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् ।
तर पोर्चुगलको पत्रिका ए बोला का अनुसार रोनाल्डो राष्ट्रिय टोलीमा नपर्नुमा उनको व्यक्तिगत निर्णय रहेको छ। रोनाल्डोले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोससँग उनलाई २०१९ को सुरुआतसम्म राष्ट्रिय टोलीबाट विश्राम दिन अनुरोध गरेको ए बोला ले जनाएको छ।
रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले नँया क्लबमा पूर्ण रुपमा फिट हुँदै शत प्रतिशत दिनका लागि केही समय पोर्चुगली टोलीबाट टाढिने निर्णय लिएका हुन्। ए बोला का अनुसार ३३ वर्षे रोनाल्डोको यो अस्थायी निर्णय रहेको र सन्यास लिने कुनै मनसाय नरहेको जनाएको छ।
यसकारण सेप्टेम्बरमा क्रोएसियासँगको खेलमा विश्राम पाएका रोनाल्डो पुनः ओक्टोबरमा पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने टोलीमा परेनन्। २०१८ मै पुनः पोल्याण्ड र इटालीसँगको खेलमा पनि रोनाल्डो नखेल्ने ए बोला को दाबी छ। पोर्चुगलबाट १ सय ५४ खेलमा ८५ गोल गरि सकेका रोनाल्डोले विश्वकप यता पोर्चुगलबाट खेलेका छैनन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]