default_image

6 years ago

October 5, 2018

‘विश्वकप सम्झन चाहन्न’ – नेयमार

81 views

0 Bookmark

पेरिस (एजेन्सी)– रुस विश्वकपलाई लिएर भएको आलोचना प्रति ब्राजिलियन फरवार्ड नेयमारले अतितको पछि नलाग्न आग्रह गरेका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमारका अनुसार विश्वकप सकिएको र अतितलाई बिर्सेर अगाढी बढ्नु पर्ने बताएका हुन् ।

‘मेरो चोट र विश्वकप यो सब अतितमा भएको हो । यो कठिन थियो । तर, अब यो मेरा लागि अतित बनि सकेको छ । उक्त समय धेरै निराशा भएको थिए । अब म अगाढी बढिरहेको छु,’ नेयमारले भने, ‘आज मसँग दुखी हुँदा हुँदै पनि खुसी हुनुका धेरै कारण छन् ।’ हाल पीएसजीबाट राम्रो लयमा खेलिरहेका नेयमारले प्रशिक्षक थोमस टुचेलको पनि प्रसंसा गरेका छन् ।

उनका अनुसार टुचेलले क्लबमा केहि नयाँ ल्याएको उनको भनाई थियो । उनले भने, ‘टुचेलले पीएसजीमा केहि नयाँ ल्याएका छन् । मैले देखेको छु की उनी कति जित्न चाहन्छन भनेर । उनलाई मैले आफ्नो पहिलो कुराकानिमा सहि देखे,’ उनले थपे, ‘म स्वयं जे भन्दै छु त्यो मलाई थाहा भएको कुरा हो । उनी एक युवा प्रशिक्षक हुन् । उनी हामीलाई हरेक प्रशिक्षण सत्रमा देखाउछन् । उनीसँग काम गर्नु एक राम्रो अनुभव हो ।’

च्याम्पियन्स लिग जित्नु धेरै अप्ठेरो छ । नेयमारले भने, ‘तपाइले हरेक सानो जानकारीमा ध्यान दिनु पर्छ । हरेक खेलको रहेक दोस्रो खेलाडीका लागि ध्यान केन्द्रित गर्नु पर्छ र सधै आफ्नो केहि उत्कृष्ट दिनु पर्छ ।’ उनले थपे, ‘यहि हो जो हामी चाहन्छौ । हामी एक महान पीएसजी बन्न चाहन्छौ र सबैलाई आश्चर्यचकित पार्न चाहन्छौ ।’

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.