6 years ago
October 4, 2018
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती एन्टोइन ग्रिज्मनले दुवै हाफमा १-१ गोल गरेपछि एटलेटिको म्याड्रिडले क्लब ब्रुजलाई ३-१ ले पराजित गरेको छ ।
ग्रिज्मनले पहिलो हाफको १८ औं मिनेटमा सुरुआती अग्रता दिलाएपनि ब्रुजले हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो । अर्नाउट ग्रोनेभेल्डले ३९ औं मिनेटमा लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा ग्रिज्मनले पुन: एटलेटिको लागि अगाडी बढाए । इन्ज्युरी समयमा कोकेले अर्को गोल गरेपछि एटलेटिकोको जित पक्का भएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा एटलेटिकोले जित दर्ता गर्न ग्रिज्मनको गोलको सहयता लिनुपरेको थियो । उनले डिएगो कोस्टाको पासमा गोल गर्ने बितिकै कोस्टा चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । यस जितसँगै एटलेटिकोले ब्रुजमाथि ६ खेलको अपराजित रेकर्ड बनाएको छ । ब्रुजले भने च्याम्पियन्स लिगको पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]