default_image

6 years ago

October 4, 2018

मार्सेलो ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिर

115 views

0 Bookmark

रियो (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका मार्सेलोले राष्ट्रिय टोलीमा पनि उपलब्ध नरहेको जानकारी दिएका हुन् ।

ब्राजिलले अर्को साता हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबिया र अर्जेन्टिनाको सामना गर्दैछ । मार्सेलोले रियलका पछिल्ला दुई खेलमा सहभागिता जनाएनन् । उनले एटलेटिको म्याड्रिडविरुद्ध गोलरहित बराबरी र मंगलबार भएको च्याम्पियन्स लिगमा सीएसकेए मस्कोविरुद्ध १-० को हारमा विश्राम लिएका थिए । उनको खुट्टाको चोटले गर्दा टोलीमा समावेश हुन नसकेको ब्राजिलियन फुटबल महासंघको वेबसाइटले जनाएको छ ।

ब्राजिलले अक्टोबर १२ तारिखमा साउदी अरेबियाको सामना गर्दैछ । त्यसको ४ दिन पछि अर्जेन्टिना र ब्राजिल आमनेसामने हुनेछन् । प्रशिक्षक टिटेले यस पटक मैत्रीपूर्ण खेलका लागि डिफेन्डर थियागो सिल्भा र विंगरद्वय डग्लस कोस्टा र विलियनलाई टोलीमा समावेश गरेका छैनन् । बार्सिलोनाका युवा विंगर माल्कम भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले डेब्यु गर्ने सम्भावना छ ।

रुसमा भएको विश्वकपमा क्वाटरफाइनलमा रोकिएको टोली अहिले युवा खेलाडी समेटेर अर्को वर्ष हुने कोपा अमेरिकाको तयारीमा छ । ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको फाइनलमा पनि स्थान बनाउन सकेको छैन । २०१९ जुनमा सुरु हुने प्रतियोगिताको आयोजना ब्राजिल आफैंले गर्दैछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.