6 years ago
October 4, 2018
नेपल्स (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग इटालियन क्लब अन्तर्गत बुधबार राती नेपोलीले घरेलु मैदानमा लिभरपुललाई पराजित गरेको छ । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए ।
हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोली आफ्नै गल्तीका कारण पराजय भोग्न बाध्य भएको बताए । दोस्रो हाफमा पूर्ण दबाब कायम गरेको नेपालीका लागि मिडफिल्डर ड्रीज मर्टेन्सको प्रहार क्रसबारमा लागेर फर्केको थियो । फाबियन रुइज र अर्काडिउस्ज मिलिकको प्रहार पनि लिभरपुल गोलरक्षक एलिसन बेकरले विफल तुल्याएका थिए ।
‘हामी आफ्नै गल्तीले पराजित भयौं । अधिकांश समय खेलाडीहरुले अथक मिहिनेत गरे । उनीहरुले आफ्नो सक्दो प्रयास गरेका हुन्,’ उनले भने, ‘ तर खेल दौरान कुनै समय उचित निर्णय लिन नसक्दा नतिजा हाम्रो पक्षमा आएन । फुटबलमा निर्णय उचित नहुँदा नतिजा यस्तै हुन्छ ।’ लिभरपुलले पनि गोल गर्ने अवसर पाएको थियो । तर साडियो माने, मोहमद सलाहलगायतले पाएको मौकाको सदुपयोग गर्न नसक्दा अन्तिम मिनेटको गोलसँगै खालि हात फर्कनुपर्यो ।
लिभरपुलले खेल अवधिभर नेपोलीको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन । पछिल्लोपटक बेन्फिकाविरुद्ध सन् २००६ फेब्रुअरीमा पनि लिभरपुल १-० ले हार्दा पोस्टमा आक्रमण गर्न सकेको थिएन । च्याम्पियन्स लिग अन्तर्गत खेलमा नेपालीले घरेलु मैदानमा १३ खेल खेल्दा ९ जित, २ हार र २ बराबरी खेलेको छ ।
लिभरपुलले अब आइतबार हुने प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । खेल नेपाली समयानुसार रातको ९:१५ बजे हुनेछ । नेपोलीले इटालियन लिगमा सासुओलोसँग खेल्नेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]