6 years ago
October 4, 2018
लन्डन (एजेन्सी) – टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे।
भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए।
दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरेपनि लियोनल मेस्सीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए। रोमाञ्चक खेलमा स्पर्सका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे। खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।समुहकै अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २-१ ले पराजित गर्यो।
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]