6 years ago
October 4, 2018
म्यानचेस्टर (एजेन्सी)– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् ।
मंगलबार राति भएको च्याम्पियन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोलरहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् । प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेडले चार खेलमा जित हासिल गर्न सकेन । लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड तीन खेलमा जित, तीन खेलमा हार र एक खेल बराबरी खेलेको छ ।
पछिल्लो नतिजाले प्रशिक्षक मोउरिन्हो थप दबाबमा आएका छन् । पछिल्लो साता उनी मिडफिल्डर पाउल पोग्बासँग प्रशिक्षण मैदानमा एक स्पष्ट विवादमा आएका थिए । उक्त विवाद मिडियाले समेत भेटेपछि युनाइटेडको समस्या छताछुल्ल भएको हो । ‘खेलाडीले कोसिस गरे । उनीहरुले आफ्नो प्रयासको स्तर बढाए,’ प्रशिक्षक मोउरिन्होले भने, ‘आफ्नो तीव्रता पनि बढाएका छन् । हामीले खेल्ने प्रयास गर्यौं । तर, केहि महत्त्वपूर्ण अवस्थामा हामीसँग पछाडीबाट मौका सिर्जना गर्ने प्रविधिक क्षमता भएन ।’
युनाईटेडले सिजनको सुरुआती दिन, अगष्ट १० देखि आफ्नो घरेलु मैदानमा जित निकाल्न सकेको छैन् । शनिबार भएको प्रिमियर लिग खेलमा वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड ३–१ ले पराजित भएको थियो । तीन दिन पहिला युनाईटेड काराबाओ कपमा तल्लो श्रेणीको क्लब डर्बीसँग पराजित हुँदै बाहिरिएको थियो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]