6 years ago
October 3, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् ।
स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि संचार माध्यमले मेसीबिना बार्सिलोना सफल हुन नसक्ने धारण व्यक्त गरेपछि मेसीले यस्तो अभिव्क्यति दिएका हुन् ।
प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मेस्सी र मिडफिलडर सर्जिओ बुस्केटलाई बेच्नमा राख्ने निर्णय गरेका थिए । यस निर्णयप्रति क्लब समर्थकहरुले उनको आलोचना समेत गरेका थिए । प्रशिक्षक भालभेर्डेले वेम्बलीमा टोटनह्याम हटस्परविरुद्ध बार्सिलोनाको कठिन च्याम्पियन्स लिग खेललाई ध्यानमा राख्दै यस्तो निर्णय लिएका थिए । मेसी आफैं पनि यो निर्णयमा खुसि भने थिएनन् ।
यद्यपी उनले टोलीमा उनको अनुपस्थितिले खासै असर नपर्ने बताए । ‘टिममा राम्रो गुण र क्षमता छ । राम्रो नतिजाका लागि एक व्यक्तिमाथि निर्भर हुनुपर्ने अवस्था छैन,’ उनले थपे, ‘नतिजा राम्रो रहेन । तर, टिमलाई अगाढी बढाउन र प्रगती गर्न जारी राख्नु पर्नेछ । खेल जित्नका लागि एक खेलाडीमाथि निर्भर हुनु भएन ।’
बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार टोटनहमको सामना गर्दैछ । पछिल्लो खेलमा बार्सिलोनाले पीएसभीलाई हराएको थियो भने टोटनहम इन्टर मिलानसँग पराजित भएको थियो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]