default_image

6 years ago

October 3, 2018

मस्कोमा म्याड्रिड संघर्ष, १५ वर्षदेखि जितविहिन

56 views

0 Bookmark

मस्को (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जी’ को खेलमा मंगलबार रियल म्याड्रिड सीएसकेए मस्कोसँग पराजित भएको छ । लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेर चौथो उपाधि पछ्याइरहेको रियलले १५ वर्षदेखि मस्कोमा कुनै खेल जित्न सकेको छैन ।

रियलले पछिल्लोपटक सन् २००३ मा जित दर्ता गरेको थियो । त्यसबेला कालो पन्जा र सेतो बुट लगाएका ब्राजिलियन रोनाल्डोले गोल गर्दै रियललाई जित दिलाएका थिए । त्यसबेला लुइस फिगोको क्रसमा हेडरमार्फत गोल गरेको क्षण धेरै रियल समर्थकलाई याद छ । त्यसयता रियलले मस्कोमा जित दर्ता गर्न सकेको छैन ।

मंगलबार इंग्लिस क्लब एभरटनबाट लोनमा मस्को पुगेका फरवार्ड निकोला भ्लासिचले गरेको गोल निर्णायक सावित भएको हो । यस पराजयसँगै रियलले पछिल्लो तीन खेलमा जित दर्ता गर्न सकेको छैन । सन् २००७ यता पहिलोपटक रियलले लगातार तीन खेलमा गोल गर्न नसकेको हो । फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लब छाडेर जानु र ग्यारेथ बेल चोटका कारण टोलीमा नहुँदा रियलको आक्रमण फितलो देखिएको थियो । अर्का मिडफिल्डर इस्को पनि एपेन्डिक्सका कारण उपलब्ध नहुँदा रियल समस्यामा पारेको हो ।

मस्कोले टोनी क्रुसको मिसपासलाई सदुपयोग गर्दै खेलमा अग्रता लिएको थियो । मिडफिल्डमा निकै प्रभावशाली प्रदर्शन गरेका क्रुसले सानो गल्ति गर्दा भ्लासिचले त्यसको भरपुर फाइदा उठाए । पछिल्लो सिजन एभरटनका लागि १९ खेल खेलेका फरवार्ड भ्लासिच सिजनको सुरुआतमा मस्को पुगेका थिए । उनले रियलविरुद्ध गोल गरेर जित दिलाउँदै समूहको समीकरण खुला पारेका छन् ।

खेलको सुरुआती मिनेटमा क्रुसले डिफेन्सबाट आएको बललाई त्यसैतर्फ फिर्ता दिन खोज्दा भ्लासिचले बल रोक्दै गोल गर्न सफल रहेका थिए । क्रुसको पास उनको खुट्टामा परेपछि भ्लासिचले एक टच गोलतर्फ बढाउँदै केलर नाभासलाई बचाउने कुनै मौका दिएनन् । पछाडी परेको केहि बेरमै रियलले खेल बराबरी गर्ने मौका पाएको थियो । तर क्रुसको प्रहारलाई गोलरक्षक इगोर अकिन्फीभले विफल तुल्याए ।

रियलले खेलदौरान दुई पटक पोस्टमा प्रहार गर्यो । मिडफिल्डर क्यासेमिरोले गरेको लामो दुरीको प्रहार पोस्टमा लागेको थियो भने फरवार्ड करीम बेन्जेमाको हेडर क्रसबारमा लाग्दै बाहिरिएको थियो । यद्यपी गोल गर्ने सुरमा आक्रामक देखिएको म्याड्रिड पटक पटक काउन्टर अट्याकमा पनि फसेको थियो । मस्कोका फेडोर सलोभले दुई पटक अवसर सदुपयोग गर्न नसक्दा अग्रता बढ्न सकेन । बल पोसेसनमा बलियो पकड बनाएको रियलले कुनै समय गल्ति गर्दा मस्कोको टोलीले सक्दो चाँडो काउन्टर अट्याकमा जाने रणनीति बुनेको थियो ।

एक गोलले पछाडी पाएको रियललाई पहिलो हाफको अन्त्यतिर थप समस्या पर्यो । डिफेन्डर ड्यानी कार्भाजल चोटका कारण मैदान बाहिरिनु पर्यो । यसैपनि सर्जियो रामोस, इस्को र बेलबिना उत्रिएको म्याड्रिडले निकै संघर्ष गर्नुपर्यो । मार्को एसेन्सियोले केहि अवार पाएपनि गोलरक्षकलाई बिट गर्न सकेनन् । अकिन्फीभले ड्यानी सेबालोसको प्रहार पनि बचाएका थिए ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.