6 years ago
October 3, 2018
टुरीन (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ को खेलमा फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३-० ले पराजित गरेको छ ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा रहेका कारण डिबालाले पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए । उनले उक्त अवसरको सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा नै गोलको खाता खोले । डिबालाले लिओनार्डो बोनुचीको क्रसलाई सदुपयोग गर्दै युभेन्ट्सको लागि गोलको खाता खोलेका थिए ।
पहिलो हाफको ३३ औं मिनेटमा युभेले डिबालाकै माध्यमबाट अग्रता दोब्बर पार्यो । मिडफिल्डर ब्लेस माटुइडीको शक्तिशाली प्रहारलाई गोलरक्षकले राम्रोसँग बचाउन सकेनन् । त्यहीं फर्केर आएको बललाई पोस्टको दिशा दिँदै डिबालाले युभेलाई २ गोलले अगाडी बढाए । पहिलो हाफमा थप अवसर सदुपयोग गर्न नसक्दा खेल २-० रहेको थियो ।
दोस्रो हाफमा युभेले आक्रामक रणनीति जारी राख्दै तेस्रो गोल गर्न सफल भयो । लगातार पास खेलेर बनाएको मुभमा अन्तिम प्रहार डिबालाले गरेका थिए । ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गरेका थिए । उनलाई अन्तिम पास जुआन क्वाडराडोले मिलाएका थिए । त्यसको केहि बेरमै योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । ३ मिनेटको अन्तरमा मोहमद अलि कामराले दोहोरो पहेंलो कार्ड पाएपछि बाहिर गएका थिए ।
यस जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो पनि त्यस खेलका लागि उपलब्ध हुने छन् । यसअघि पनि रोनाल्डो रियल बाट म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिसकेका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]