6 years ago
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा यसपटक हारबाट यात्रा सुरु गरेको छ । आफ्नो पहिलो खेलमा मंगलबार नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएपछि उपाधि रक्षाको अभियान कठिन मोडमा पुगेको छ ।
समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो। नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । फाथुएल्लोभले कुनै गल्ति विना गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए ।
७२ औं मिनेटमा तुरानोभ कामरोभले गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए । नियमित कप्तान विराज महर्जन घाइते भएपछि नीराजन खड्काले टोलीको कप्तानी सम्हालिरहेका छन् । विराजको ठाँउमा सुमन अर्याल मैदान प्रवेश गरेका थिए । नेपालले असोज २० गते समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनको सामना गर्नेछ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]