default_image

6 years ago

October 2, 2018

बंगबन्धु गोल्डकप : पहिलो हाफमा नेपाल १–० ले पछाडि

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत मंगलबार ताजकिस्तानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ ।

२७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा गोल फर्काउन नसकेमा साविक विजेता नेपालको उपाधि यात्राको सुरुवात हारबाट हुनेछ । नियमित कप्तान विराज महर्जन घाइते भएपछि नीराजन खड्काले टोलीको कप्तानी सम्हालिरहेका छन् । विराजको ठाँउमा सुमन महर्जन मैदान प्रवेश गरेका थिए ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.