default_image

6 years ago

October 2, 2018

रियललाई चोटको पिरलो, च्याम्पियन्स लिगमा सिएसकेए मस्कोसँग खेल्दै

54 views

0 Bookmark

मस्को (एजेन्सी) – च्याम्पियन्स लिगको साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड खेलाडीको चोटका कारण दबाबमा छ । त्यसका बावजुद टोलीले च्याम्पियन्स लिग समूह चरणमा आज राति रसियन जाइन्ट सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल लुज्निकी स्टेडियममा राति १२ः४५ बजे शुरु हुनेछ ।

रियल सिएसकेलाई उसकै घरेलु मैदानमा पराजित गर्दै समूहमा दोस्रो जितको खोजीमा हुनेछ । मुख्य खेलाडी ग्यारेथ बेलले चोटबाट मुक्त हुने प्रयास गरिरहँदा कप्तान सर्जियो रामोस र उपकप्तान मार्सेलो पनि चोटसँग जुधिरहेका छन् । जसले गर्दा टोलीको मोर्चा युवा खेलाडी मारियानो डियाज, मार्को एसेन्सियो र इस्कोलगायतका खेलाडीले सम्हाल्नेछन।

लुका मोड्रिक, क्यासमिरो र टोनी क्रुस जस्ता विश्वस्तरीय खेलाडी पनि सधै रियलका भरपर्दा खेलाडी हुन् । स्पेनिस ला लिगामा पछिल्लो दुई खेलमा खराब नतिजा आत्मसात् गरिरहेको रियल यही खेलबाट आफ्नो पुरानो लयमा फर्कने योजनामा हुनेछ । रियल स्पेनिस ला लिगामा सेभिल्लासँग ३–० ले पराजित भएको थियो भने, शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको थियो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा रियलले इटालियन क्लब रोमामाथि ३–० को सहज जित निकालेको थियो । रियालका लागि ग्यारेथ बेल, इस्को र मारियानो डियाजले गोल गरेको थियो यता, सिएसकेए मस्को घरेलु मैदानमा रियललाई स्तब्ध बनाउने योजनामा हुनेछ । सिएसकेएले आफ्नो पहिलो खेलमा भिक्टोरिया प्लेजेनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

रियलविरुद्ध मैदान उत्रदा घरेलु टोली सिएसकेए मस्कोलाई केही सहज पक्कै हुनेछ । रियलको पहिलो रोजाईको ग्यारेथ वेल, कप्तान सर्जियो रामोसले चोटले खेल गुमाउदा उपकप्तान मार्सेलोले खेल्नेमा पनि शंका छ । त्यसैले मस्को यसको फाइदा उठाउने लक्ष्यमा हुनेछ । यी दुई टोली च्याम्पियन्स लिगमा दुईपटक मात्रै आमनेसमाने भएका छन् ।

६ वर्ष अघि सिएसकेएले रियाललाई १–१ गोलको बराबरीमा रोकेको थियो । तर, प्रि–क्वाटरफाइनलमा रियलले ४–१ को प्रभावशाली जित निकालेको थियो । त्यतिबेला क्रिस्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जेमा र गोन्जाले हिग्विनले समान एक गोल गरेका थिए । त्यतिबेलाको गोलकर्ता बेन्जेमा मात्रै अहिले रियलमा छन् ।

च्याम्पियन्स लिगका आज रातिका अन्य खेलहरु :

टिएसजी होफनहाइम विरुद्ध म्यानचेस्टर सिटी (राति १०ः४० बजे)

युभेन्टस् विरुद्ध योङ ब्वाइज (राति १०ः४० बजे)

एइके एथेन्स विरुद्ध बेन्फिका (राति १२ः४५ बजे)

लियोन विरुद्ध साख्तर डोनेस्क (राति १२ः४५ बजे)

म्यानचेस्टर युनाइटेड विरुछ भ्यालेन्सिया (राति १२ः४५ बजे)

बायर्न म्युनिख विरुद्ध आयाक्स (राति १२ः४५ बजे)

रोमा विरुद्ध भिक्टोरिया प्लेजेन (राति १२ः४५ बजे)

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.