6 years ago
October 7, 2018
टुरीन (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्ट्स आए । ३३ वर्ष पुगिसकेका रोनाल्डोलाई भित्र्याउन युभेन्ट्सले १ सय मिलियन पाउण्ड खर्चेको थियो ।
रियल म्याड्रिडमा ९ वर्ष बिताएका उनले लगातार उपाधि र व्यक्तिगत सफलता हासिल गरेका थिए । उनले थुप्रै व्यक्तिगत तथा टोलीका लागि कीर्तिमान समेत बनाए । उनले गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि बने । रियालमा सम्भव भएका सबै उपाधि र व्यक्तिगत कीर्तिमान तोडेपछि क्लब छाड्ने निर्णय लिएका रोनाल्डोलाई लिन क्लबहरुको पंक्ति लामो थियो ।
रोनाल्डोले आफ्नो अर्को गन्तव्य कुनै नयाँ लिगमा रहने बताउँदै आएका थिए । त्यसैअनुसार उनले युभेन्ट्सलाई आफ्नो नयाँ क्लबको रुपमा रोजे । तर युभे रोज्नुअघि उनलाई युरोपका अन्य ठूला क्लबले पनि टोलीमा समेट्ने प्रस्ताव राखेका थिए । रियल म्याड्रिड छाड्नुअघि रोनाल्डोले खेलेकै क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन र इटालीयन क्लब एसी मिलानले उनलाई टोलीमा समेट्ने प्रयास गरेका थिए । युनाइटेडसँग उनले एक चरण वार्ता गरेको पनि बुझिएको छ ।
रोनाल्डोले १० जुलाईमा युभेन्ट्स जाने निर्णय गरे । इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेडसँग रहेर ६ वर्षमा ९ उपाधि जितेका उनले रियालमा ९ वर्ष बिताउँदा १५ उपाधिमा कब्जा गर्न मदत गरे । रोनाल्डोले युनाइटेड छाडेजस्तै रियल छाड्दा पनि नयाँ चुनौतीको सामना गर्न क्लब छाडेका बताए । उनले ७ पटकको इटालियन च्याम्पियन रोजेर आफ्नो करियरको नयाँ बाटो बुने । उनले विश्वकपमा खराब प्रदर्शन गरेपछि नयाँ क्लबमा आफूलाई उचित स्थानमा राख्न चाडैं निर्णय लिएका थिए ।
रोनाल्डोलाई रियलको बोर्डले क्लबमा अझै रहन नयाँ सम्झौता पनि दिएको थियो । तर रोनाल्डो आफ्नो निर्णयमा अडिग रहे । उनलाई रियलले विश्व कीर्तिमानी २७ मिलियन पाउण्ड प्रतिवर्षको सम्झौताको प्रस्ताव गरेपनि उनले सो प्रस्ताव नकारेका हुन् । रोनाल्डोले युभेन्ट्ससँग गरेको पहिलो वार्तामा नै क्लबमा जाने निर्णय गरेका थिए । युभेका अध्यक्ष आग्नेलीले उनलाई टोलीमा समेट्न गरेको प्रस्ताव रोनाल्डोले एक पटकमै स्वीकारेका थिए ।
एसी मिलानमा रहेका धनि चिनियाँ व्यापारी लि योङहोङ मालिकको ठूलो प्रस्ताव पनि उनले अस्विकार गरेका थिए । मिलानले १ सय ३३ मिलियन पाउण्डको प्रस्ताव गरेपनि रोनाल्डोले भने पछिल्लो समय मिलान कमजोर रहेका कारण उनले त्यहाँ जान आनाकानी गरेका थिए । मिलानले पछिल्लो समय मोटो रकम खर्चेपनि लिगमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।
म्यानचेस्टर युनाइटेडले रोनाल्डोले फेरी ओल्ड ट्राफर्डमा ल्याउने इच्छा जाहेर गरेको थियो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]