default_image

6 years ago

September 30, 2018

पल्सर ए डिभिजन लिग : संकटाको विजयी सुरुवात

74 views

0 Bookmark

लतिलपुर (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन आइतबार सिएमजी क्लब संकटा विजयी भएको छ ।

इन्जुरी समयमा लछमन रुचालले गोल गरेपछि संकटाले सरस्वती युथ क्लब  १-० ले हराएको छ ।

सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलको दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् ।

झन्डै पाँच वर्षपछि ए डिभिजन लिग शनिबार सुरु भएको थियो । पहिलो दिन एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरीमा टुंगिएको थियो । यद्दपी पहिलो दिनको खेल विवादरहित हुन सकेन । खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो ।

२–१ ले एनआरटी अघि रहेको अवस्थामा टोलीका गोलकिपर अजित प्रजापतिले बढी समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले त्यसमा आर्मीलाई पेनाल्टी बक्सबाट इनडाइरेक्ट फ्रिकिकको अवसर दिए । त्यसमा आर्मीले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

त्यो विषयमा एनआरटीका पदाधिकारी नै विवादमा उत्रेका थिए । उनीहरुमध्ये केहीले म्यान अफ दी म्याच घोषित गोलकिपर अजितलाई ट्रफी लिनबाट रोकेका थिए । तर, पनि उनले ट्रफी लिए ।

पाण्डेको निर्णय छानविनका लागि एनआरटीले एन्फामा निवेदन दर्ता गरेको बताइएको छ ।

नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्ड कपका लागि आइतबार बंगलादेश प्रस्थान गरेकोले ए डिभिजन लिग केहि दिनका लागि स्थगित हुने एन्फाले यसअघि नै जनाइसकेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.