6 years ago
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गर्दैछ ।
अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो । तर, अन्तिम समयमा पूरा रकम पाएपछि एन्फाले ढिला गरी बंगबन्धु गोल्डकप खेल्ने निश्चित गरेको थियो । बंगबन्धुमा सहभागिता जनाउने भएसँगै धmन्डै पाँच वर्षपछि शुरु भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रभावित हुने भएको छ ।
नेपालले बंगबन्धु गोल्डकपको लागि अघिल्लो साताबाटै प्रशिक्षण शुरु गरेको थियो । डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह ‘ए’ मा रहेको छ । नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । गोल्डकप असोज १५ देखि २६ गतेसम्म ढाका, सिलेट र कक्स बजारमा हुदैछ ।
एन्फाले गत सोमबार मात्रै बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो । बंगलादेशमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाली टोलीमा यसपटक २ खेलाडी मात्र परिवर्तन भएका छन् । व्यवसायिक फुटबलका लागि नेपाली टोलीका पहिलो रोजाईका गोलकिपर माल्दिभ्स र मिडफिल्डर रोहित चन्द इन्डोनेसिया रहेका कारण उनीहरुको ठाँउमा गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई टोलीमा समेटिएको छ ।
नेपाली राष्ट्रिय टोली
गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ
रक्षकः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल
मिडफिल्डः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्डः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]