6 years ago
September 30, 2018
लन्डन (एजेन्सी) – अन्तिम एक मिनेट सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिदै अंक बाड्न बाध्य भएका हुन् । चेल्सीका इडेन हजार्डले गोल गर्दा ड्यानियल स्टुरिजले बराबरी गोल फर्काएका थिए । खेलको २५ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । माटियो कोभासिकको पासलाई सदुपयोग गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सी जितनजिक पुगेपनि वैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ८६औं मिनेटमा जेम्स मिल्नरको स्थानमा मैदान प्रवेश गरेका स्टुरिजले जेर्डान शाकिरीको पासलाई सदुपयोग गर्दै टिमलाई हारबाट जोगाएका थिए ।
यि दुई टोलीले गत बुधबार मात्रै कारबाओ कपको तेस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा चेल्सी २–१ ले विजयी भएको थियो । बराबरी पछि पनि चेल्सी ७ खेलबाट १७ अंक जोडेर लिगको तेस्रो स्थानमा यथावत छ ।
लिभरपुल भने दोस्रो स्थानमा झरेको छ । समान ७ खेलबाट १९ अंक जोडेको लिभरपुल म्यानचेस्टर सिटीसँग गोल अन्तरमा पछि परेको हो । सिटीले शनिबार राति नै ब्राइटन होभ अल्वियोनलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लन सफल भएको थियो ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]