6 years ago
September 30, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको साविक विजेता युभेन्ट्सले दोस्रो स्थानको नेपोलीलाई ३-१ ले पराजित गरेको छ । लिगको लगातार सातौं जितसँगै युभेले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भयो ।
नेपोलीले खेलमा उत्कृष्ट सुरुआत लिएपनि त्यसलाई बचाउन नसक्दा खेलमा पराजय भोग्नुपर्यो । ड्रीज मर्टेन्सले दशौँ मिनेटमा खाली पोस्टमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले आफ्नो स्तरअनुसार प्रदर्शन गर्दै खेल युभेको पोल्टामा पारे । युभेले गरेका तीनै गोलमा रोनाल्डोको हात रहेको थियो । मारियो मान्जुकीचले दुई गोलको योगदान दिएका थिए ।
खेलको २६ औं मिनेटमा रोनाल्डोको क्रसमा मान्जुकीचले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुआतमा रोनाल्डोको कडा प्रहार पोस्टमा लगेर फर्कंदा मान्जुकीचले रिबाउन्डमा सहजै गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नेपोली १० खेलाडीमा सिमित भयो । नेपोलीका मारको रुइ पाउलो डिबालालाई फल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
लिओनार्डो बोनुचिले युभेको लागि तेस्रो गोल गरे । ७६ औं मिनेटमा रोनाल्डोको फ्लिकमा बोनुचीले गोल गरेका थिए । पछिल्लो ७ सिजन लिग उपाधिमा कब्जा जमाएको युभेले आठौँ उपाधि जित्ने लक्ष्य राखेको छ । तर त्यसका लागि युभेन्ट्सले फरवार्डहरुको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ । यसै सिजन क्लबमा आएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अपेक्षित प्रदर्शन गरिरहेका छैनन् ।
हालसम्म सिजनका सबै खेल जितेको युभेका लागि रोनाल्डोले खेलेका ८ मध्ये २ खेलमा मात्र गोल गरेका छन् । शनिबार पनि उनले पाँच प्रहार पोस्टमा गरेपनि गोल गर्न भने असफल रहे । च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका कारण अर्को खेल गुमाउने रोनाल्डो लिगमा गोल गर्न आतुर छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]