6 years ago
September 30, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा बार्सिलोनालाई उछिन्ने मौका पनि गुमायो ।
अघिल्लो साता सेभिल्ल्लासँग ३-० ले पराजित म्याड्रिडले यस खेलमा जित दर्ता गरेको अवस्थामा लिग तालिकामा २ गोलको अग्रता बनाउने अवसर थियो । शनिबारै भएको खेलमा बार्सिलोना र एथलेटिक बिल्बाओले १-१ को बराबरी खेलेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको पहलो हाफमा ग्यारेथ बेल चोट लाग्दै मैदान बाहिरिएका थिए । उनले त्यसअघि गरेको एक भली प्रहार पोस्टभन्दा थोरै बाहिर गएको थियो ।
एटलेटिको म्याड्रिडले पनि अग्रता लिने अवसरको उचित सदुपयोग गर्न सकेन । एन्टोइन ग्रिज्मनको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाएका थिए । अर्का फरवार्ड डिएगो कोस्टाको कठिन समय शनिबार पनि जारी रहयो । कोस्टाले पछिल्लो १६ खेलमा गोल गर्न सकेका छैनन् । शनिबार पनि उनले चेल्सीका पूर्व सहकर्मी कोर्टुवाविरुद्ध कुनै अवसरको उपयोग गरेनन् । उनले पछिल्लो सिजन पनि सिजनको अन्त्यमा खराब प्रदर्शन गरेपछि केहि समय बेन्चमा बसेका थिए ।
बेलको प्रस्थानपछि पनि रियलले नै दोस्रो हाफमा दबाब राखेको थियो । मारको एसेन्सियोको प्रहार एटलेटिकोका गोलरक्षक जान ओब्लाकले विफल तुल्याएका थिए भने ड्यानी कर्भाजाल पनि उनलाई बिट गर्न असफल रहे । रियलले बलमा धेरै पकड बनाउँदै पोस्ट आक्रमण निरन्तर गरेपनि अन्तिम समयसम्म पनि गोल गर्न सकेन ।
रियलले अब च्याम्पियन्स लिग अन्तर्गत मंगलबार सीएसकेए मस्कोको सामना गर्नेछ । एटलेटिकोले भने बुधबार सोहि प्रतियोगितामा क्लब ब्रुजासँग प्रतिस्पर्धा गर्नेछ ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्रीस्टार क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रवार तेस्रो क्वाटरफाइननमा साविक विजेता मछिन्द्र एफसीलाई २-१ गोलले हराउँदै थ्री स्टार क्लब अन्तिम चारमा पुगेको छ। थ्रीस्टारले सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पूर्व विजेता समेत रहेको थ्री स्टारलाई जित […]
March 7, 2025
हिमाल खरेल,बिर्तामोड सुनसरीको न्यु स्टार क्लबमाथि सानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा न्यु स्टारलाई ३-० ले हराउँदै बगान अन्तिम चारमा पुगेको हो । बगानका लागि मिलन चाम्लिङले ६० औँ र ६९ […]
March 7, 2025
दिपक बोहोरा, इलाम इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले तयार रहेको बताएका छन् । इलामको ठूलो टुडिखेलमा आज भएको प्री म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिम फाइनलको लागि तयार रहेको बताएका हुन् । आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक […]