6 years ago
September 29, 2018
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, टोटेनह्याम, आर्सनल, एभर्टनले जित दर्ता गर्दा म्यान चेस्टर युभनइटेड भने पराजित भएको छ । सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई, आर्सनलले वार्टफोर्डलाई र टोटेनह्यामले हडर्सफिल्ड टाउनलाई समान २–० ले हराउँदा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएको थियो ।
सिटीलाई घरेलु मैदानमा जित दिलाउन रहिम स्टेर्लिङले पहिलो हाफ र सर्जियो अगुइरोले दोस्रो हाफमा गोल गरेका थिए । क्राइग चाटकार्टको आत्मघातीबाट आर्सनलले अग्रता लिएको खेलमा मेसुट ओजिलले अर्को गोल थपेका थिए । टोटेनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरे । उनले दोस्रो गोल पेनाल्टीमा गरे ।
एक रुपको प्रदर्शन गर्न चुकिरहेको युनाइटेडले फेरि एकपटक हार बेहोरेको छ । फिलिपे एन्डरसनको गोलमा अग्रता लिएको वेस्ट ह्यामका लागि भिक्टोर लिन्डफोफले आत्मघाती गोल गरेका थिए । मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन कोसिस गरेपनि मार्को अर्नुटोभिकले गोल गरेपछि युनाइटेड खेलमा फर्कन सकेन ।
अन्य खेलमा एभर्टनले फुलह्यामलाई ३–० ले लेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई र उल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्टनलाई समान २–० ले हराएको छ । शनिबारको नतिजापछि सिटी १९ अंकका साथ शीर्षस्थानमा उक्लेको छ ।
एक खेल कम खेलेका अपराजित लिभरपुल १८ अंकसहित दोस्रो र चेल्सी १६ अंकसहित तेस्रो स्थानमा छन् । शनिबार नै चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । टोटेनह्याम र आर्सनलको समान १५ अंक छ । यनाइनेड भने १० अंकका साथ १० औं स्थानमा छ ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]