6 years ago
September 29, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डीङ च्याम्पियन बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा एथलेटिक बिल्बाओविरुद्ध हारबाट जोगिएको छ । खेल सकिन ६ मिनेट अगाडी मुनिर एल हद्ददीले गोल गरेपछि बार्सिलोनाले बराबरी खेलेको हो ।
पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा बिल्बाओले खेलमा अग्रता लिएको थियो । मार्केल सुसाएटाको क्रसमा ओस्कार डे मार्कोसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कप्तान लिओनेल मेसीलाई बेन्चमा राखेर ओस्मान डेम्बेले, लुइस सुआरेज र फिलिपे कोउटिन्होलाई आक्रमणको पूर्ण जिम्मेवारी सुम्पिएका थिए ।
पहिलो हाफमा बिल्बाओका लागि इनाकी विलियम्सले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनले ६ यार्ड बक्सभित्र पाएको अवसरमा उचित निर्णय लिन नसक्दा बार्सिलोना खेलमा कायम रहेको थियो । त्यसपछि बार्सिलोनाले पनि अग्रता लिने अवसर गुमायो । लुइस सुआरेजले नेल्सन सेमेडोको पासमा गरेको प्रहारलाई उनाइ सिमोनले विफल पारेका थिए ।
खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले आर्टुरो भिडालको स्थान लिंदै टोलीलाई थप आक्रामक बनाएका थिए । ८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । उनलाई कप्तान मेसीले नै पास मिलाएका थिए । सुरुआती रोजाईका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीले खेलमा राम्रो छाप बसाउँदै हार टारेका थिए ।
मेसीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेपछि निकै राम्रो पास निकालेका थिए । तर जोर्डी अल्बा, सुआरेजलगायत खेलाडीले मौकाको फाइदा उठाउन सकेनन् । मेसीले मैदान प्रवेश गरेको छोटो समयमै गोल गर्ने अवसर बनाएका थिए । कोउटिन्होको प्रहार पोस्टमा लागेर फर्केको थियो भने सुआरेजले सहज मौकामा बललाई पोस्टतर्फ पठाउन सकेनन् ।
खेल सकिएपछि रेफ्रीसँग वादविवाद गर्न पुगेका मेसीलाई पहेंलो कार्ड देखाइएको थियो । उनलाई स्वयंसेवकहरुले ड्रेसिङ रुमतर्फ जान आग्रह गरेका थिए । बार्सिलोना ७ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा छ भने रियल १ अंक र १ खेल कम ख्लेदै दोस्रोमा छ । रियलले आज राती एटलेटिको म्याड्रिडको सामना गर्नेछ । जित हात पारेमा रियल अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।
March 7, 2025
हिमाल खरेल,बिर्तामोड सुनसरीको न्यु स्टार क्लबमाथि सानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा न्यु स्टारलाई ३-० ले हराउँदै बगान अन्तिम चारमा पुगेको हो । बगानका लागि मिलन चाम्लिङले ६० औँ र ६९ […]
March 7, 2025
दिपक बोहोरा, इलाम इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले तयार रहेको बताएका छन् । इलामको ठूलो टुडिखेलमा आज भएको प्री म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिम फाइनलको लागि तयार रहेको बताएका हुन् । आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक […]
March 7, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । ५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका संस्थापक अध्यक्ष […]