6 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षको अन्तरालपछि घरेलु फुटबलको चर्चित र प्रतिष्ठित फुटबल प्रतियोगिता पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शुरुवात आजदेखि हुदैछ ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
पाँच वर्षको अन्तरालमा अखिल नेपाल फुटबल संघ (एन्फा) विभिन्न आरोह–अवरोह भएपछि लिगले निरन्तरता पाउन सकेको थिएन । तर, एन्फामा नयाँ नेतृत्व आएपछि लिग हुन सफल भएको हो । लिगको उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित न्युरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा दिउसो ३ बजेपछि शुरु हुदैछ ।
चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निर्क सशक्त टोली रहेको थियो । तर, आर्थिक संकटले गर्विलो इतिहास बनाएको एनआरटी झनै संकटमा परेको थियो । २०६९ सालमा एनआरटीले आर्थिक संकटको कारण देखाउदै लिग नखेल्ने निर्णय गर्यो फलस्वरुप एन्फाले एनआटरीलाई कारवाही स्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो । २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर एनआरटी पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो ।
एनआरटीले पछिल्लो २४ वर्ष यता लिग जित्न सकेको छैन । यसपटकको लिगमा पनि एनआरटीले उपाधि जित्ने योजना बनाएको छैन । तर, खेलमा सबै टोलीलाई बलियो चुनौती पेश गर्ने क्लबका प्रशिक्षक महेश्वर मुल्मीले बताएका छन् । ‘हामी अहिले टिम निर्माणमै छौं । नाम चलेका खेलाडीहरु टिमले अनुबन्ध गरेको छैन । नयाँ र युवा प्रतिभा टिममा छन् । हामीले मिड टेवलको अपेक्षा गरेका छौं । सन्तोषजनक नतिजा आउनेमा विस्वस्त छु,’ प्रशिक्षक मुल्मीले भने । एनआरटी वि.स. २०१७, २०१९, २०३५ र २०५१ म लिग च्याम्पियन टोली हो ।
यता, अहिलेसम्म लिगको उपाधि जित्न नसकेको आर्मी एनआरटीलाई पराजित गर्दै उपािध जित्ने अभियानलाई बलियो बनाउन चाहन्छ । निरन्तर प्रशिक्षणमा रहेका कारण आर्मीलाई फिजिकल गेममा बलियो टोलीको रुपमा लिइन्छ । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यसपटक आर्मी लिग च्याम्पियन बन्दै इतिहास रच्ने बताएका छन् । ‘विभागीय टिम वर्षैभर प्रशिक्षणमा व्यस्त रहने गर्दछ । लिगका लागि टिम तयार छ । हामीले गत सिजन ७ नकआउट उपाधि जितेर घरेलु फुटबलमा नक्वर एक टोली बन्न सफल भएका छौं ।’ प्रशिक्षक न्यौपानेले भने, ‘त्यसैले हामीलाई लिगमा चुनौती थपिएको छ । यसपटक हामी उपाधिका दाबेदार टोली हौं । यसपटक हामी लिगमा इतिहास बनाउन चाहन्छौ ।’
आर्मीसँग राष्ट्रिय खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विकेश कुथु र युवा प्रतिभा सुमन अर्यालको साथ छ । आर्मीका अन्य खेलाडीहरुले पनि घरेलु लिगमा उच्च प्रदर्शन गर्दै आइरहेका कारण आर्मी एनआरटीमाथि हावी हुने अनुमान गरिएको छ ।
न्युरोड टिम एनआरटी
शकल रेग्मी, दिनेश खड्गी, अजित प्रजापति, सुशिल लामा, प्रविन कुमार सैंजु, अनिष, कपाली, दिपक खत्री, अनिल धामी, राजिव पुडासैनी, रोशन सारु, सरोज तामाङ, निशान लिम्बु, रोशन भुर्तेल, आशिष वन, सफल थापा, सञ्जिव श्रेष्ठ, विरेन्द्र थापा र राजेश परियार
त्रिभुवन आर्मी क्लब
भरत खवास, विकेश कुथु, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन अर्याल, जितेन्द्र कार्की, दीप लामा, विवेक बस्नेत, टंक बस्नेत, दिनेश हेन्जन, सेसेहाङ आङ्दाम्बे, विकास खवास, राजिव गुरुङ, दीपक गुरुङ, विमल पाण्डे, पदम तामाङ, विकास तामाङ र सन्तोष तामाङ
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]