10 years ago
August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को पराजयलाई बदलाका रुपमा साफ यू–१९ को उपाधि जित्नु एकमात्र विकल्प हुन सक्छ । यू–१६ तिन संस्करणमा लगातार भारतसंगको पराजयले उमेर समुहमा पनि भारतसंग हार्ने धङधङी कायमै भएकाले सबै कुरा विर्सिएर सनिवार मैदानमा उत्रिए नेपाली टिमले उपाधि जित्न सक्छ ।
सबै मामिलामा राम्रो हुँदाहुँदैपनि यू–१६ टिम भारतसंग पराजित भएपछि त्यसको बदला लिन पनि नेपाली यु–१९ टिमका लागि सुवर्ण मौका हुन सक्छ आजको प्रतियोगिता । युवा प्रतिभाहरुले राष्ट्रिय टिमका लागि ढोका ढकढक्याउन पनि आफ्नो प्रतिभालाई देखाउनका लागि भारत विरुद्ध ब्यक्तिगत प्रदर्शनपनि गर्नु पर्ने छ । समुहचरण देखि फाइनल सम्मको यात्रामा नेपाल अपराजित रहेपनि अबको पराजयले उसको अहिले सम्मको अपराजित यात्रालाई ढाक्ने छ । यसर्थ पनि उनिहरुले भारत विरुद्ध समालिएर मैदानमा उत्रनुको विकल्प हुन् ।
भारतलाई पराजित गर्ने विश्वास लिएका प्रशिक्षक बालगोपाल महर्जन खेलाडिहरुको आत्माविश्वास र प्रदर्शन सुध्रिएकाले उपाधि जित्नेमा आशावादी छन् उनि भन्छन् ‘हामिले भारत विरुद्ध सतप्रतिशत नतिजा निकाल्नका लागि मैदानमा उत्रने छौं । हामि मानसिक रुपमा र शारिरिक रुपमा पनि फिट भएकाले भारत विरुद्ध निश्चित जितका लागि मैदानमा उत्रन्छौं ।’ उनले अफगानिस्तानको खेलमा मध्ये दिउंसोको घाममा केहि खेल्न नसक्नु स्वभाभिक भएपनि फाइनलमा समय पनि राम्रो भएको र तयारी पनि अन्तिम चरणमा पुगेकाले नेपाल यो पटक भारतलाई हराउनेमा आशाावादी रहेको बताए । यद्धपि उनले भारतले पनि फाइनलमा स्थान बनाएकाले कमजोर प्रतिद्धन्द्धि नभई उपाधि दोबेदारनै भएकाले उ विरुद्धको प्रर्दशर्न सचेतता पुर्वक गर्ने बताए । उनले भने ‘उनिहरु ब्यक्तिगत रुपमा निकै राम्रो खेल खेल्न सक्छन यसर्थ हामिले निकै सचेततापुर्वक मैदानमा उत्रन जरुरी छ ।’
भारतीय प्रशिक्षक सइद सविर पासाले नेपाल राम्रो टिम भएपनि आफुहरु ट्रफि जित्नका लागि मैदानमा उत्रने बताए । उनले भने ‘हामि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छौं हाम्रो लक्ष्य भनेको ट्रफि जित्नु हुने छ । जसका लागि हामिले बंगलादेश विरुद्ध भएका गल्तीहरुलाई सच्याउन जरुरी छ ।’ उनले बंगलादेश विरुद्ध राम्रो प्रदर्शनका बाबजुत गोल निस्कन नसक्दा पेनल्टी सुटआउटमा पुगेको भन्दै शनिबार त्यस्तो नहुने बताए । उनले भने ‘हामिले राम्रो प्रदर्शन गर्र्यौ भारतीय टिमलाई कमजोर टिमका रुपमा हेरीएको छ । यद्धपि भारतसंग ३ वटा उस्तै टिम सेटहरु छन जसले बराबरी स्तरको प्रदर्शन गर्ने क्षमता राख्छन् ।’
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]