6 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा भएको यु–१८ एसियन स्कुल फुटबल च्याम्पियनसिपमा नेपालले छैटौ स्थान हात पारेको छ । भारतको आग्रामा शुक्रबार भएको पाँचौं स्थानको लागि भएको खेलमा भारतसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि नेपालले छैटौ स्थान हात पारेको हो ।
नेपालले प्रतियोगितामा तीन खेलमा हारको नतिजा आत्मसात गर्दा सममान तीन खेलमा जित निकाल्न सफल भएको थियो । नेपालले चीनमाथि ३–१ को जित निकालेको थियो ।
अफगानिस्तानमाथि १३–१ को फराकिलो जित निकालेको नेपालले श्रीलंकामाथि १–० को झिनो जित निकालेको थियो । यस्तै नेपालले थाइल्यान्डसँग २–० ले तथा इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।
यसै प्रतियोगिताको लागि नेपालले विराटनगरमा करिव एक महिना बन्द प्रशिक्षण गरेको थियो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]