default_image

6 years ago

September 28, 2018

साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि भुटानमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक भुटानले उपाधिको दावेदार भारतको सामना गर्दैछ । खल चाम्लिङथाङ रंगशालामा ४ बजेपछि शुरु हुदैछ ।

 


आजै नेपालले उपाधि जित्ने लक्ष्यसहित पाकिस्तानसँग खेल्दैछ । खेल साँझ ७ बजेपछि चाम्लिङथाङ रंगशालामा हुनेछ ।


नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले टिमको तयारी राम्रो रहेको बताउदै पाकिस्तानलाई पराजित गर्दै उपाधि जित्ने अभियानलाई बलियो बनाउने योजनामा हुनेछ । प्रि म्याच कन्फरेन्सले बोल्दै प्रशिक्षक श्रेष्ठले हाम्रो टिमको तयारी साढे दुई महिना अघिबाट भएको बताउदै टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । यस्तै नेपाली टोलीका कप्तान सरु लिम्बुले शतप्रतिशत खेल्न बताईन् ।

नेपालले मंगलबार बंगलादेशको सामना गर्नेछ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.