6 years ago
September 28, 2018
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजनको अन्त्यमा क्लबको लोगो परिवर्तन गर्ने तयारी गरेको छ । क्लबले हाल प्रयोगमा आएको लोगोमा थोरै परिवर्तन गर्दै नयाँ लोगो तयार पारिसकेको छ ।
लोगोको इतिहास
सन् १९१० को दशक देखि क्लबको लोगोमा रहँदै आएको एफसी बार्सिलोनाको छोटो लेखनलाई हटाउने तयारी क्लबले गरेको छ । यसबाहेक लोगोको भित्रि भागमा रहेको कालो धर्सा पनि हटाउने भएको छ । यसअघि लोगोमा ७ स्ट्राइप रहेकोमा त्यसलाई पनि घटाएर ५ स्ट्राइप कायम गरिएको छ । यसअघि पनि बार्सिलोनाले पटक पटक लोगो परिवर्तन गर्दै आएको थियो ।
हाल प्रयोग भइरहेको लोगो सन् २००२ मा स्थापित गरिएको थियो । यसपटक मुख्य आकर्षणको रुपमा अक्षर हटाउने प्रयास गरिएको छ । क्लबको बजारीकरण गर्न यसले सहज हुने जानकारहरुको बुझाई छ । क्लबको बोर्ड निर्देशकहरुले लोगो परिवर्तनका लागि हरियो झन्डा देखाइसकेका छन् भने अब क्लबका सदस्यहरुले अक्टोबर २० मा यसको निर्णय लिनेछन् ।
नयाँ लोगो (दायाँ)
‘क्लबको ब्राण्ड स्थापित गर्न थुप्रै कदम अगाडी चालिएका छन् । त्यसमध्ये लोगो नयाँ बनाउने पनि एउटा कार्यक्रम हो । नयाँ लोगोले क्लबको पहिचान अझै गाढा रुपमा प्रस्तुत गर्न सकिने विश्वास लिएका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सदस्यहरुबाट पनि प्रस्ताव पारित भएको खण्डमा लोगो अर्को सिजन नै प्रयोगमा आउनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]