default_image

6 years ago

September 28, 2018

‘एमबाप्पे फुटबलका भविष्य हुन्’

53 views

0 Bookmark

पेरिस (एजेन्सी)–फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे फुटबलको भविष्य भएको फ्रान्सेली लेजेन्ड डेभिड ट्रेजगुएटले बताएका छन् ।

एमबाप्पे जस्तो खेलाडी कोहि नभएको र उनी फुटबलको भविष्य हुन सक्ने डेभिड ट्रेजगुएटले बताएका हुन् । ‘फिफाको द बेस्ट अवार्ड रियलका मोड्रिचले पाए पछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सीको युग समाप्त हुन थालेको अनुमान गर्न सकिन्छ । तर, डेले अली, केलियन एमबाप्पे, सिल्भा जस्ता युवा खेलाडीको बारेमा हामी सोच्न सक्दैनौ की फुटबल प्रतिभाशाली प्रचारकमा कमि हुनेछ,’ उनले भने ।

युरो २००० का स्टार डेभिड ट्रेजगुएटले भने, ‘एमबाप्पे एक यस्तो खेलाडी हुन् जसले आफ्नो क्लब र राष्ट्रिय टिममा आफ्नो प्रतिभा देखाएका छन् । मलाई लाग्छ की उनी उपस्थित छन् । तर, अरुभन्दा पनि माथि । उनी फुटबलका भविष्य हुन् ।’

डेभिड ट्रेजगुएट मात्र हैनन्, नयाँ पिएसजी प्रशिक्षक थोमस टुचेल समेत फ्रान्सेली युवा खेलाडीका प्रशंसक हुन् । ‘मैले सुनेको छु की बार्सिलोनामा आन्द्रे इनिस्टाका बारेमा कोहि कुरा गर्दैछन् । यो एकेडेमिको कुरा हो जहाँ उनको बारेका कुरा भइरहेका थियो । उनी कसरी विकसित भइरहेका छन् त्यो कुरा महत्वपुर्ण हो, डेभिड ट्रेजगुएटले भने ।’

प्रशिक्षक टुचेलले भने, ‘एमबाप्पेसँग भरपुर क्षमता छ । तपाई उनीसँग सवधान रहनु पर्छ । उनी दिन–प्रतिदिन आफ्नो व्यवसायीकतामा केन्द्रित रहन्छन् । मलाई विश्वास छ की उनको मुल्याङ्कन आउने दिनमा विस्तृत रुपमा हुनेछ ।’

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.