6 years ago
September 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपालले एसियन यू १८ स्कुल च्याम्पियनसिपमा तेस्रो जित हासिल गरेको छ ।
भारतको आगरामा जारी स्कुल च्याम्पियनसिपको ४६ औं संस्करणको बिहीबार भएको खेलमा दक्षिण एसियाली छिमेकी श्रीलंकालाई १–० ले हराएको छ । ३५ औं मिनेटमा जय गुरुङले गरेको गोल खेलको निर्णायक बनेको थियो ।
नेपालले च्याम्पियनसिपमा खेलका ५ मध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । सुरुवाती दुई खेलमा थाइल्यान्डसँग २–० र इन्डोनेसिया २–१ ले पराजित भएको थियो ।
त्यसपछिका दुई खेलमा नेपालले चीनलाई ३–१ ले अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो । नेपालले भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्ने बताइएको छ ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]