6 years ago
September 27, 2018
पेरिस (एजेन्सी) – फ्रेन्च लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । लिग वान अन्तर्गत बुधबार राति रेइम्सलाई ४–१ को गोल अनतरले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याएका हुन् ।
पीएसजीको जितमा इडिन्सन काभानीले दुई तथा नेयमार र थोमस म्युनियरले समान एक गोल गरे । पराजित टिमका लागि चाभालिरिनले गोल गरे । घरेलु मैदानमा पीएसजी खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । तर, खेलमा पछि परेको स्थिति उल्ट्याउदै पीएसजीले शानदार जित निकालेको हो ।
दोस्रो मिनेटमा जेभियर चाभालिरिनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, रेइम्सको त्यो अग्रता तीन मिनेट पनि टिकेन । पाँचौ मिनेटमा काभानीले बराबरी गोल फर्काए । २४औं मिनेटमा नेयमार जुनियरले गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भयो ।
४४औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–१ को अग्रता लियो । ५५औं मिनेटमा म्युनियरले गोल गरेपछि पीएसजीले ४–१ को फराकिलो जित दर्ता गर्न सफल भयो । पहिलो गोल गरेपनि रेइम्सले त्यसपछि पीएसजीको पोस्टमा कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन ।
लगातार सातौ जितसँगै पीएसजी ७ खेलबाट २१ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पराजित रेइम्स ८ अंक जोडेर १४औं स्थानमा छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]