6 years ago
September 27, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत बुधबार साविक विजेता युभेन्ट्सले बोलोग्नालाई पराजित गरेको छ । लिगमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा युभेन्ट्सले २-० को सहज जित दर्ता गर्यो ।
खेलको ११ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । उनले गोलरक्षकले बचाउ गरेको बल रिबाउन्डमा आएपछि गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै युभेन्ट्सले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोको पासमा ब्लेस माटुइडीले गोल गर्दै युभेलाई २-० ले अगाडी पुर्याए । युभेले थप अवसर सिर्जना गरेपनि गोल थप्न भने सकेन ।
इटालियन लिगमा लगातार तेस्रो सिजन युभेले सुरुआती ६ खेल जितेको छ । पछिल्ला सात सिजन लिग उपाधिमा कब्जा जमाएको टुरीन टोलीले यसपटक पनि सोहि लयलाई कायम राख्ने संकेत दिएको छ । खेलभर दबाब बनाएको युभे कुनै समय पनि दबाबमा रहेन । ७७ प्रतिशत बल पोसेसन राखेको टोलीले प्रहार गरेको १५ सटमध्ये ८ प्रहार गोलतर्फ लागेका थिए ।
लिगको अन्य खेलमा नेपोलीले पार्मालाई ३-० ले पराजित गर्दै युभेलाई पछ्याउने क्रम जारी राख्यो । नेपालीको ६ खेलमा १५ अंक रहेको छ । लाजियोले उडीनेजेलाई २-१ ले हराउँदै १२ अंकसहित तेस्रो स्थानमा स्थान बनायो । एएस रोमाले फ्रोसीनोनेलाई ४-० ले पराजित गर्दै लिगको दोस्रो जित दर्ता गर्न सफल रहयो । काग्लीयारी र साम्पडोरीयाको खेल गोलरहित बराबरीमा टुंगियो । जेनोआले किएभोलाई २-० ले हरायो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]