6 years ago
September 27, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिग प्रतिद्धन्द्धी वाटफोर्डलाई पराजित गर्दै टोटनहम कारबाओ कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । टोटनहमले वाटफोर्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कारबाओ कपको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा टोटनहमले ४–२ ले बाजी मारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको सुरुमै टोटनहम पछि परेको थियो । ४६औं मिनेटमा इसाक सक्सेसले गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा वाट्फोर्ड १० खेलाडीमा समेटियो । इरिक लमेलालाई डि–बक्समा लडाएपछि क्रिस्यिन कावासेलीले रातो कार्ड खादै मैदान बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा डेले अलीले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।
८६औं मिनेटमा इरिक लमेलाले गोल गरेपछि टोटनहम खेलमा २–१ ले अघि बढेको थियो । तर, ८९औं मिनेटमा इटिनेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा टोटनहमका ह्युङ मिन सन, इरिक लमेला, मार्काे लोरेन्ट र अलीले गोल गरे । वाटफोर्डका सक्सेस र इटिनेले गोल गर्न सफल भए ।
कारबाओ कपका अन्य खेलका नतिजा
नथिङघम फरेस्ट विरुद्ध स्टोक सिटी (३–२)
वेस्टह्याम युनाइटेड विरुद्ध म्याकल्सफिल्ड टाउन (८–०)
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]