default_image

6 years ago

September 26, 2018

म्यानचेस्टर सिटी इएफएल कपको चौथो चरणमा

61 views

0 Bookmark

कासाम (एजेन्सी) – म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल)  कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणका स्थान सुरक्षित गरेको हो ।

 


अक्सफोर्डको घरेलु मैदान कासाम स्टेडियममा सिटीलाई जिताउन गाब्रियल जेसस, रियाद महारेज र फिल फोडेनले गोल गरे ।  एकपक्षीय बनेको खेलमा सिटीले ३६औं मिनेटमा जेससको गोलबाट खेलमा शुरुवाती अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ७८औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटी खेलमा २–० ले अघि बढेको थियो । ९०औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.