default_image

6 years ago

September 26, 2018

‘मेसी र रोनाल्डोलाई उछिन्न एमबाप्पे तयार’

76 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय फुटबल टोली एवं पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पेका लागि पछिल्लो एक वर्ष निकै सुखद बित्यो । मोटो रकममा पीएसजी अनुबन्धित भएर लिग जितेका उनले राष्ट्रिय टोलीका लागि विश्वकप पनि जिते ।

फ्रान्सेलाई विश्वकप फाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पेले फ्रान्सको विश्वकप यात्रामा गरेको प्रदर्शनका लागि प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी तथा सिल्भर बल नै हासिल गरे । उनले लगातार राम्रो प्रदर्शन गर्दा फ्रान्सको जित सहज भएको थियो । एमबाप्पेकै २ गोलमा फ्रान्सले राउन्ड अफ १६ मा अर्जेन्टिनालाई हराउँदै उपाधि यात्रामा अगाडी बढेको थियो । पीएसजीका लागि पनि उनले घरेलु प्रतियोगितामा सफलता दिलाउँदा अहम भूमिका खेले ।

फ्रान्सेली फुटबलका दिग्गज डेविड ट्रेजेग्वेटले भने यसै लयमा जाने हो भने एमबाप्पेले मेसी र रोनाल्डोलाई उछिन्न धेरै समय नलाग्ने बताएका छन् । सोमबार घोषित फिफाको उत्कृष्ट ११ खेलाडीमा समेत परेका एमबाप्पेले उत्कृष्ट खेलाडीको मतमा चौथो स्थान हासिल गरेका थिए । सन् २००० को युरोमा इटालीविरुद्ध फाइनलमा गोल्डेन गोल हान्दै टोलीलाई जित दिलाएका ट्रेजेग्वेटका अनुसार एमबाप्पे अब फुटबलको भविष्य जस्तै रहेका छन् ।

mbappe

‘एमबाप्पे यस्ता खेलाडी हुन् जसले क्लब फुटबल मात्र नभएर अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठूलो प्रतियोगितामा आफूलाई सावित गरिसकेका छन् । उनले निरन्तर गोल र असिस्ट पनि गरेका छन्,’ ट्रेजेग्वेटले भने, ‘वर्तमान अवस्थामा उनी सबैभन्दा राम्रो फर्ममा भएका खेलाडी हुन् । समग्रमा भन्नुअप्र्द आधुनिक फुटबलका भविष्य उनी हुन् । अब मेसी र रोनाल्डो युग अन्त्यभएपछि उनले नै यो स्तर माथि उकास्नेछन् ।’

फ्रान्सेली टोलीमा राम्रो छाप बसाइसकेका एमबाप्पे क्लब फुटबलमा पनि सोहि लयलाई कायम राख्न चाहन्छन् । क्लबले यो सिजन च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको छ । त्यसका लागि युवा एमबाप्पे सँगै एडिन्सन कभानी र नेयमार उत्तिकै सहयोगी र मिहिनेती हुनु जरुरि छ । मेसी र रोनाल्डोको स्तरसम्म पुग्न च्याम्पियन्स लिग उपाधि मुख्य बाधक हो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.