default_image

6 years ago

September 26, 2018

एपेन्डिक्स समस्याले इस्को मैदानबाहिर

59 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर इस्को एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भएपछि कम्तिमा एक महिना मैदानबाहिर रहने भएका छन् । स्वास्थ्य अवस्था केहि कमजोर रहेका उनले यसै साता शल्यक्रिया गर्ने भएका हुन् ।

गत साता च्याम्पियन्स लिगको पहिलो खेलमा रोमाविरुद्ध सुरुआती गोल गरेका इस्कोले जारी सिजन ६ खेलमा सहभागिता जनाइसकेका छन् । तर बुधबार सेभिल्लाविरुद्ध हुने ला लिगा खेलमा उनि सहभागी हुने छैनन् । क्लबले अहिले नै उनको फर्कने मिति घोषणा नगरेपनि उनलाई कम्तिमा ४ साता लाग्ने बुझिएको छ । उनले यसै साता शल्यक्रिया गर्ने क्लब स्रोतले बताएको छ ।

इस्को मैदानबाहिर रहने भएसँगै उनले स्पेनका दुई अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । अक्टोबर दोस्रो साता तय दुई खेलमा उनि उपस्थित हुने छैनन् । स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र यूईएफए नेसन्स लिगको खेलमा इंग्ल्यान्डको सामना गर्ने कार्यक्रम तय रहेको छ । इस्कोले पछिल्लो समय स्पेनिस टोलीमा लगातार पहिलो रोजाइमा स्थान बनाउँदै आएका थिए । यसपटक टोलीमा उनी नहुँदा स्पेनको आक्रमणमा केहि समस्या हुने सम्भावना रहेको छ ।

रियलले उनलाई छिटो शल्यक्रिया गरेर अर्को महिना हुने बार्सिलोनाविरुद्ध एल क्लासिको खेलको लागि तयार हुन सुझाव दिएको छ । रियल र बार्सिलोनाको खेल अक्टोबर २८ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । जारी सिजन रियल र बार्सिलोनाले लिगमा अपराजित रहँदै सुखद यात्रा तय गरेका छन् । दुवै टोलीको शीर्ष स्थानमा समान अंक रहेपनि बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.