default_image

6 years ago

September 26, 2018

मेसी अर्जेन्टिनाबाट अर्को महिना पनि नखेल्ने !

88 views

0 Bookmark

ब्युनर्स आयर्स (एजेन्सी)– लियोन मेसी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ ।

यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा थिएनन् । त्यस्तै अक्टुबरको सुरुवातमा हुने मैत्रीपूर्ण खेलमा पनि उनको सहभागिता रहने छैन । स्कोलानीले मेस्सी यहि समय टोलीमा फर्किए उपयुक्त हुने बताएका छन् । ‘मैले उनीसँग कुरा गरे । उनी आउने छैनन् । त्यसैले उनी टोलीमा छैननु,’ उनले भने, ‘उनले आउने दिनमा राष्ट्रिय टोलीको जर्सी लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नेछन् , त्यो हाम्रो लागि महत्वपूर्ण पक्ष हो ।’

रसिया विश्व कपमा अर्जेन्टिनाले कमजोर प्रदर्शन गरेयता मेस्सीले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । फ्रान्ससँग अन्तिम १६ मा पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले १ सय २८ खेलमा ६५ गोल गरेका छन् । उनी अर्जेन्टिना टोलीमा फर्कन्छन् फर्कन्नन् भन्ने सबैको चासोको विषय बनेको छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.