6 years ago
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने बंगबन्धु गोल्डकपका लागि नेपाली फुटबल टोलीले मंगलबारबाट अभ्यास सुरु गरको छ । शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा भएको प्रशिक्षणमा पहिलो दिन ९ खेलाडीमात्र उपस्थित भएका थिए ।
तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद
उनीहरुलाई राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन,प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक नवीन महर्जनले प्रशिक्षण दिएका थिए । ९ खेलाडीले झन्डै २ घन्टा अभ्यासमा पसिना बगाएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार मात्रै बंगबन्धु गोल्डका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो ।
गत महिना बंगलादेशमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाली टोलीमा यसपटक २ खेलाडी मात्र परिवर्तन भएका छन् । व्यवसायिक फुटबलका लागि नेपाली टोलीका पहिलो रोजाईका गोलकिपर माल्दिभ्स र मिडफिल्डर रोहित चन्द इन्डोनेसिया रहेका कारण उनीहरुको ठाँउमा गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई टोलीमा समेटिएको ।
शिक्षणमा थ्री स्टारका निराजन खड्का, एलन न्यौपाने, सुनिल बल र अनन्त तामाङ, पुलिसका तेज तामाङ र दिनेश राजवंशी, एपीएफका आदित्य चौधरी, आर्मीका नवयुग श्रेष्ठ र विमल घर्तीमगर सामेल थिए । नेपाल बंगबन्धुको साविक विजेता हो । तर, यसपटक ढिला गरि मात्रै नेपालको सहभागिता निश्चित भएको थियो । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो ।
दुई दिन अघि बाँकी रकम उपलब्ध भएपछि एन्फाले बंगबन्धुमा माग लिने निश्चित गरको थियो । असोज १५ देखि २६ गतेसम्म हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तानसँग रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, लावस र फिलिपिन्स छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]