6 years ago
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ ।
च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे लामो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट खेलाडिको उपाधिमा बाहुल्यता पनि तोड्न सफल भए ।
हरेक राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकले शीर्ष ३ खेलाडी छनोट गरेका थिए । पहिलो स्थानमा रहेको खेलाडीले ५ अंक पाउने गर्छ भने दोस्रो स्थानको खेलाडीले ३ र तेस्रो स्थानको खेलाडीले १ अंक प्राप्त गर्दछ । यसै बीच, अर्जेन्टिनाका कप्तानका रुपमा मेस्सी र पोर्चुगलका कप्तानका रुपमा रोनाल्डोले पनि आ-आफ्ना शीर्ष ३ छनोट गरेका थिए ।
मेस्सीले आफ्नो शीर्ष स्थानमा मोड्रिचलाई, दोस्रो स्थानमा फ्रान्सका किलियन बाप्पेलाई र तेस्रो स्थानमा रोनाल्डोलाई भोट गरेका थिए । रोनाल्डोको शीर्ष ३ मा भने मेस्सी अटाएनन् । रोनाल्डोको पहिलो रोजाईमा फ्रान्सका डिफेन्डर राफायल भरान परे भने मोड्रिच दोस्रोमा परे । तेस्रो रोजाईमा रोनाल्डोले एन्टोइन ग्रिजम्यानलाई राखेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]