6 years ago
September 25, 2018
लण्डन (एजेन्सी) – यसै साता प्रिमियर लिगका दुई ठूला टोली चेल्सी र लिभरपुल दुई भिन्नै खेलमा भिड्दै छन्। काराबाओ कप र इंगलिस प्रिमियर लिगमा एकै साता दुई पटक आमने सामने हुँदैछन्।
काराबाओ कप अन्तर्गत तेस्रो चरणमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा यहि बुधवार पहिलो खेल हुनेछ भने इंगलिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीको घरेलु मैदानमा लिभरपुलले निम्तो पाउनेछ । प्रिमियर लिग अन्तर्गत सुरुआती ६ खेलमा दुवै टोली अपराजित छ । शिर्षस्थानमा लिभरपुलको सबै ६ खेलमा जित छ भने ५ जित र १ बराबरीसंगै चेल्सी तेस्रो स्थानमा छ ।
खेलअघि चेल्सीका नवनियुक्त प्रशिक्षक मौरिजो सारीले लिभरपुल चेल्सी भन्दा एक कदम अगाडी रहेको बताए । ‘लिभरपुल ४ वर्ष यता एकै प्रशिक्षकको निरीक्षणमा रहेको छ। हामी भने नँया पद्दतीलाई अंगाल्दै छौं । त्यसैले लिभरपुल भन्दा हामी एक कदम पछाडी छौं ‘, उनले भने ।
लिभरपुलले यसअघिको ३ खेलमा चेल्सीलाई पराजित गरेको छैन । पछिल्लो भेटमा प्रिमियर लिग अन्तर्गत मे २०१८मा भएको खेलमा चेल्सीले घरेलु मैदानमा लिभरपुललाई १-० ले पराजित गरेको थियो। ओलिभर जिरुडको पहिलो हाफको गोल निर्णायक रहेको थियो ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]