6 years ago
September 24, 2018
टुरिन (एजेन्सी) – अघिल्लो वर्षको उपाधि विजेता क्रिस्टियानो रोनाल्डो यस वर्ष भने लण्डनमा हुने ‘फिफा बेस्ट अवार्ड’ मा उपस्थिती नजनाउने सम्भावना रहेको छ।
लगातार तेस्रो पटक फिफाको यस अवार्डमा वेस्ट पुरुष खेलाडी बनेका रोनाल्डो यसपटक पनि मनोनयनमा छन् । लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका लुका मोड्रिकसंगै रोनाल्डो पनि उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी भने यो वर्ष मनोनयनमा पनि परेनन् । सुरुआतमा उपस्थी हुने भनेपनि ‘पारिवारिक समस्या’ देखाउँदै मेस्सी पनि उक्त समारोहमा उपस्थित नहुने भएका छन् ।
रोनाल्डो भने आज राती लण्डनमा हुने समारोहमा नजाने खबर स्काईस्पोर्ट्सले जनाएको छ । सम्हारोहमा जानु भन्दा उनले युभेस्टससँग बसेर अन्य खेलमा ध्यान दिन महत्वपूर्ण मानेको स्काईस्पोर्ट्सले जनाएको हो । विगत १० वर्ष यता रोनाल्डो र मेसीबीच बाँडिएको यस उपाधिले यसपटक भने नँया विजेता पाउने प्रवल सम्भावना छ । क्रोएसियाका मिडफिल्डरलाई यसपटक बलियो दावेदारको रुपमा हेरिएको छ ।
फिफाले हरेक वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीका साथै उत्कृष्ट महिला-पुरुष प्रशिक्षक, उत्कृष्ट गोलकिपर, फिफा फेयर प्ले, फिफा पुस्कास, फिफा फ्यान अवार्ड र फिफाप्रो विश्व ११ गर्दै ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्दै आएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]