default_image

6 years ago

September 24, 2018

बंगबन्धु गोल्डकपका लागि नेपाली टोलीको घोषणा, विशाल र तेज लाई मौका

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-एक सातापछि शुरु हुने बंगबन्धु गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने निश्चित भएसँगै सोमबार २० सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टिममा अधिकांश खेलाडी बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेलेका खेलाडी रहेका छन् । नेपाली नम्वर एक गोलरक्ष किरण चेम्जोङको स्थानमा विशाल श्रेष्ठले स्थान बनाएका छन् । यस्तै एट्याकिङ मिडफिल्डर रोहित चन्दको स्थानमा तेज तामाङले टिममा स्थान बनाएको एन्फाले जनाएको छ ।

किरण व्यावसायिक खेलका लागि माल्दिभ्स छन् । रोहि इन्डोनेसियामा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ छन् । गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन छन् । नेपाली टोलीले मंगलबारबाट प्रशिक्षण शुरु गर्नेे एन्फाले जनाएको छ ।

नेपाली टोली सेप्टेम्वर ३० मा ढाका बंगलादेश प्रस्थान गनृेछ । बंगबन्धु च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली राष्ट्रिय टोली

गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

रक्षकः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन ९कप्तान०, अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल

मिडफिल्डः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.