default_image

6 years ago

September 24, 2018

यू १८ स्कुल च्याम्पियनसिप : नेपालको दोस्रो हार

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ । आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा सोमबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भयो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोलीको सेमिफाइनल यात्राको सम्भावना कमजोर बनेको छ । 

नेपाल पहिलो खेलमा थाइ्ल्याण्डसंग नेपाल २–० ले पराजित भएको थियो । लगातार दोस्रो हारपछि नेपालको यात्रा समूह चरणमै टुंगिने सम्भावना बढेको छ । सेमिफाइनल पुग्नका लागि अब नेपालले चीन र अफगानिस्तानलाई पराजित गरेर मात्रै पुग्दैन अन्य खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

राजन गुरुङको गोलमा ५० औं मिनेटमा नेपालले अग्रता लिएको थियो । दिनेश हेन्जनको कर्नरमा राजनले हेड गोल गरेका थिए । तर नेपालको त्यो खुसी एक मिनेट पनि टिक्न सकेन । नेपाली खेलाडी सम्हालिन नसकेको मौका छोप्दै इन्डोनेसियाले खेलमा फर्कने अवसर पायो ।

५१ औं मिनेटमा इन्डोनेसियाका एलेनले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गरेको लामो प्रहार गोलकिपर विष्णुकुमार केसीले रोक्न सकेनन् र खेलमा बराबरी भयो । ६७ औं मिनेटमा अल्फएड्राले पेनाल्टीमा गरेको गोल खेलेको निर्णायक बन्यो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टोलीले सत प्रतिशत खेले पनि नतिजाबाट विमुख हुनु परेको बताए । ‘शारीरिक र प्राविधिक रुपमा इन्डोनेसिया मजबुत थियो,’ उनले भने, ‘तर पनि खेललाई भने नेपालले नियन्त्रणमा राख्न सक्नु नै ठूलो कुरा हो ।’ श्रेष्ठले नेपालको हारको मुख्य कारण आयोजकको रेफ्री छनौट र रेफ्रीले मैदानमा गरेको गलत निर्णय नै भएको बताए । सोमबारकै अर्को खेलमा थाईल्याण्डले अफगानिस्तानलाई पराजित ग¥यो ।

प्रतियोगित अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्तान र चीन रहेका छन् । तीनवटा खेल जितेको थाईल्याण्ड नौ अंक सहित शीर्ष स्थानमा छ । इन्डोनेसिया ६ अंक सहित दोस्रो र चीन तीन अंक सहित तेस्रो स्थानमा छ । नेपाल र अफगानिस्तानको अंक शुन्य छ ।

समूह ‘बी’ मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा दक्षिण कोरिया शीर्ष स्थानमा छ । मलेसिया दोस्रो, श्रीलंका तेस्रो र भारत चौथो स्थानमा छ । भुटानले अंक जोड्न सकेको छैन ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.