6 years ago
September 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुबल संघ (एन्फा) को वैशाखमा भएको निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको आरोप एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले लगाएका छन् ।
कुँवरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनमा भएको अनियमितालाई ६ बुँदामा प्रस्तुत गरेका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङलगायतलाई निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, मतदातालाई पैसा बाढेको,मतदातालाई भारत भ्रमण गराएको लगाएको आरोप लगाएका छन् ।
त्यस्तै मतदातालाई निर्वाचन लगत्तै युरोप भ्रमणमा लागेको,अदालतलाई समेत लेनदेनमामा पार्न खोजेको र निर्वाचनका समयमा सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको आरोप लगाएका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपमा भएको प्रमाणसहित फिफा र एएफसीमा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिए । उनले यो उजुरु सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा समेत पेश गर्ने बताए ।
‘आज मैले जुन चिज बोलेको छु । त्यो निर्धक्कका साथ बोलेको छु । यसअघि मसँग यो विषयमा बोल्ने प्रमाण नभेटेपनि मैले एन्फाको निर्वाचन विधान विपरित हुन लागेको बताएरै अध्यक्षको उमेदवारी फिर्ता लिएको हुँ ,’ कुँवरले भने, ‘यस विषयमा प्रमाणसहित फिफा र एएफसीमा अनुसन्धानका लागि पठाएको छु । यो सबै विषयमा निस्पक्ष अनुसन्धान भएमा दोषी सबैमाथि कारवाही हुनेमा म पूर्ण रुपमा विस्वस्त छु ।’
एन्फाको नयाँ नेतृत्वका लागि गत वैशखा २२ गते निर्वाचन भएको थियो । निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानल नै मतले विजयी भएको थियो । निर्वाचन विधान विपरित भएको भन्दै कुँवरले निर्वाचनको एक दिन अघि पत्रकार सम्मेलनको आयोजना गरेर उमेदवारी फिर्ता लिएका थिए ।
कुँवरले वर्तमान एन्फा नेतृत्वलाई लगाएको आरोप
१.निर्वाचन कमिटिलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको ।
२. मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको ।
३. मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको ।
४. चुनाव लगत्तै मतदातालई युरोप भ्रमणमा लगेको ।
५. न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको ।
६. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीलाई सयौंको सङ्ख्यामा हवार्य टिकट उपलब्ध गराएको आरोप लगाएका छन् ।
एन्फा निर्वाचनमा भएको अनियमितता बारे उपाध्यक्ष उम्मेदवार मणी कुँवरको पत्रकार सम्मेलन
Posted by HamroKhelkud.com on Monday, September 24, 2018
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]