6 years ago
September 26, 2018
लन्डन (एजेन्सी)– फ्रान्सेली फुटबल टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्ना मिडफिल्डर पाउल पोग्को खुलेर प्रशंसा गरेका छन् । पोग्बाले राष्ट्रिय टोलीबाट जुन प्रदर्शन गर्छन् त्यो प्रदर्शन क्लबबाट भने गर्न नसकेको भन्दा आलोचना हुने गरेको छ ।
जोसे माउरिन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेडमा पोग्बाले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको भन्दै बेला बेला चर्चा हुने गरको छ । तर, डेसच्याम्प्सले भने पोग्बाले व्यक्तिगत भन्दा पनि टोलीबाट बारेमा सोच्ने गरेको बताए ।
‘विश्व फुटबलमा वा भनौ फ्रान्समा उनका बारेमा जे धारणा बनाइएको छ । उनमा त्यो मिल्छ जस्तो लाग्दैछ,’ लन्डनमा भएको फिफा फुटबल कन्फ्रेन्समा अतिथिका रुपमा बोल्दै डेसच्याम्पसले भने,‘ उनी सन् २०१३ देखि राष्ट्रिय टोलीमा छन् । मलाई लाग्छ उनी सधै सामूहिक प्रदर्शनका बारेमा सोच्ने गर्छन् ।’
डेसच्याम्पसले पोग्बालाई एउटा नेतृत्व क्षमता भएको खेलाडीका रुपमा समेत प्रशंसा गरे । ‘ उनी विश्व कप खेल्नअघि मानिसिक रुपमा नेतृत्वकर्ताको भूमिकामा प्रस्तुत भएका थिए, उनले स्मरण गरे,‘ मैदान भित्र वा बाहिर उनी नेतृत्व गरिरहेका हुन्थे । उनी टोलीको एक किसिमका प्रवक्ता हुन् । किनकी उनी राम्रो वक्ता पनि हुन् ।’
डेसच्याम्प्सले चेल्सीका स्ट्राइकर ओलिभर जिरुडको प्रति तारिफ गरे । रसिया विश्व कपमा फ्रान्स च्याम्पियन बन्दा गोल गर्न नसकेपछि जिरुड टोलीको महत्वपूर्ण सदस्य रहेको प्रशिक्षकले बताएका छन् ।
‘हो उनले गोल गर्न सकेनन् । तर उनीले जसरी खेले , जसरी रक्षापंक्तिलाई साथ दिए त्यो निकै महत्वपूर्ण थियो,’ उनले थपे,‘ दुई तीन खेलाडीलाई बिट गर्ने अपेक्षा राख्नु हुँदैन । उनी त्यसका लागि टिममा थिएनन् । तर, उनी एकदमै महत्वपूर्ण खेलाडी हुन् । समग्रतामा उनको प्रदर्शन उत्कृष्ट थियो ।’
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]