6 years ago
September 24, 2018
रोम (एजेन्सी) – युभेन्टसले् इटालियन सिरी ‘ए’ फुटबलमा अपराजित यात्रालाई कायमै राखेका छ । सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई २–० ले पराजित गर्दैै युभेले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
युभेन्टसको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नार्डेस्कीले गोल गरे । फ्रोसिनोनेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल खेलको अन्तिम समयतिर सम्भव भएको थियो । युभेन्टसले गोलको लागि पटकपटक प्रयास गरेपनि अग्रता लिन ८१ औं मिनेट कुर्नुपरेको थियो ।
बराबरीतर्फ धकेलिएको खेलमा रोनाल्डाले ८१औं मिनेटमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए । ,मिरालेम प्यानिचको प्रहारलाई गोलरक्षकले बचाएपनि रिबाउन्डमा आएको बललाई पोर्चुगलका कप्तान रोनाल्डोले गोल गर्न सफल भएका थिए । सिरी ‘ए’ मा रोनाल्डोको यो तेस्रो गोल हो । रोनाल्डोले यसअघि सासुओलोविरुद्धको खेलमा २ गोल गरेका थिए ।
यद्यपी गोल भने विवादको घेरामा नै रहयो । टेलिभिजन रिप्लेमा हेर्दा रोनाल्डो अफसाइड पोजिसनमा रहेको देखिएपनि लाइन्सम्यानले झन्डा उठाएनन् । इटालियन लिगमा भीएआर प्रयोग गर्ने सुविधा भएपनि रेफ्रीले त्यसको प्रयोग गरेनन् । खेलमा गोल गरेसँगै उच्च मनोवलमा रहेको युभेन्टसका लागि फेडरिकोले इन्जुरी समयको थप गरिएको समयमा अर्काे गोल थप्दै २–० को जित दिलाए ।
जितसँगै युभेन्टसले ५ खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । फ्रोसनोनेले भने १ अंकसहति १९औं स्थानमा रहेको छ । पछिल्ला ७ सिजन लिग उपाधि जितेको युभेन्ट्स यस सिजन पनि सुरुआती खेलबाट नै लिगमा अग्रतामा छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]