6 years ago
September 24, 2018
इंग्ल्यान्ड (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा अहिले व्यक्तिगत रुपमा सर्वाधिक सफल खेलाडी छन् ति की मोहमद सलाह हुन् नत्र इडेन हाजार्ड । फिफाको द बेस्टको मनोनयनमा परेका सलाहलाई हाजार्डले उत्कृष्ट श्रेणीमा स्थान बनाउन चुनौती दिइरहेका छन् ।
यसै साता लिभरपुलले शनिबार साउथह्याम्पटनविरुद्ध ३–० ले जित निकाल्दा सलाहले एक गोल गरेका थिए । पाँच खेल खेल्दा दुई गोल गरेका सलाहले आफ्नो छैटौं खेलमा एक गोल गर्दै पुनः लयमा फर्किएको संकेत दिएका छन् । इजिप्सियन सलाहले यस सिजनको प्रिमियर लिग खेलमा तीन गोल गरेका छन् ।
त्यस्तै हजार्डले आइतबार चेल्सीका लागी वेस्टह्याविरुद्ध खेले । बेल्जियमका शीर्ष गोलकर्ता हाजार्ड यस सिजन निकै नै लयमा खेदिएका छन् । हाजार्डले पछिल्लो हप्ता कार्डिफविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए । हाजार्डले ब्लुजका लागि छ खेलमा पाँच गोल गरेका छन् । चेल्सीविरुद्ध लिभरपुल अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सलाह भन्दा हाजार्ड आफ्नो पक्षमा अग्रस्थानमा छन् ।
हजार्ड उत्कृष्ट कसरि हुन सक्लान् ?
सलाहको पहिलो सिजन उत्कृष्ट रहयो । तर, के उनी यस सिजनलाई सोहि रुपमा लैजालान् ? हाजार्डले आफ्नो स्तरलाई धेरै वर्षदेखि प्रिमियर लिगमा लगातार दोहोर्याइरहेका छन् । उनी धेरै अनुशासित छन् र मैदानमा सहज रुपमा जान्छन् । एन्टोनी ग्रिजम्यान, ग्यारेथ बेल तथा केलियन एमबाप्पे पनि आफ्नो सर्वश्रेष्ठ भन्दा केहि वर्ष पछाडी छन् ।
हाजार्डले पछिल्लो हप्ता कार्डिफविरुद्धको खेलमा निकै आक्रामक खेलेका थिए । माउरियो सारीले हाजार्डका लागिा नयाँ लक्ष्य निर्धारण गरेका छन् । चेल्सी प्रशिक्षकले उनलाई प्रिमियर लिगमा ४० गोल गर्नका लागि चुनौती दिएका छन् । हाजार्ड २०१२ मा लिलबाट चेल्सी अनुबन्ध भएका थिए ।
स्टामफोर्ड ब्रिजमा छ बर्ष बिताएका उनले चेल्सीका लागि ३०६ खेल खेल्दै ९४ गोल गरेका छन् । उनले २०१३ मा युरोपा लिग तथा दुई प्रिमियर लिग ट्रफी जितेका छन् । त्यस्तै उनले २०१५ मा प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी बनेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]