default_image

6 years ago

September 23, 2018

तोडियो ‘रन्जन र अन्जन’ दाजुभाइको जोडी

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्यद्वय रन्जन विष्ट र अन्जन विष्ट नाताले सहोदर दाजुभाइ हुन् । दुवै खेलाडी नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कप जित्दा राष्ट्रिय टोलीका सदस्य रहेका थिए । क्लब फुटबलमा पनि लामो समय एपीएफमा सँगै खेलेका यी दुई अब बेग्लै क्लबबाट साहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

एन्फा एकेडेमीबाट बाहिर आएलगत्तै एपीएफमा आबद्ध भएका अन्जनले दाई रन्जनकै कारण फुटबल अँगालेका थिए । अन्जन र रन्जनको जोडी २०७२ सालमा आयोजित राष्ट्रिय लिगदेखि विभिन्न मोफसलका प्रतियोगितामा चलेको थियो । यो जोडीले सातौं राष्ट्रिय खेलकुदमा एपीएफलाई स्वर्ण पदक दिलाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा उपाधि दावेदार मानिएको आर्मीलाई २-० ले पराजित गर्दा अन्जनले नै दुवै गोल गरेका थिए । रन्जनले दुवै गोलमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । रन्जन ७ वर्षदेखि एपीएफमा रहँदै आएका थिए ।

यसपटकको लिगमा अन्जनले मनाङ मर्स्याङदि क्लबबाट खेल्दैछन् भने रन्जनले मनाङकै चित परिचित प्रतिद्वन्द्वी थ्री स्टार क्लबको आक्रमण सम्हाल्ने भएका छन् । अन्जनले केहि महिनाअघि देखिनै एपीएफ छाडेर मनाङबाट खेल्दै आएका थिए । उनले केहि प्रतियोगितामा मनाङबाट खेलिसकेका पनि छन् । लिगका लागि भने केहि दिन अघिमात्र उनले सम्झौता गरेका हुन् । यता चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका रन्जनले २ महिनाअघि मात्र मैदान फर्केका हुन् । एसियन कप छनोटका लागि राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान उनी घाइते भएका थिए ।

रन्जनले एपीएफ छाडेर थ्री स्टारबाट खेल्ने निर्णय लिएपछि विष्ट दाजुभाइ अब नेपालकै सबैभन्दा सफल दुई फुटबल क्लबबीच विपक्षीका रुपमा उत्रने पक्का भएको हो । भाइ अन्जनसँग विछोड हुँदा खेलमा पहिलेझैं सहज नहुने रन्जन बताउँछन् । ‘हामी दुवै एकै टोलीबाट खेल्दा निकै सहज हुन्थ्यो । हामीले एक अर्काको खेल्ने शैली बुझेका छौं । विशेषत: उसले खेल्ने शैली निकै डटेर खेल्ने भएकाले मलाई केहि सहज हुन्थ्यो । उसले मलाई कहाँ र कसरि पास दिनुपर्छ तह हुन्थ्यो र मलाई उसले कस्तो मुभ बनाउँछ भन्ने बुझ्न सहज थियो,’ रन्जनले भने ।

सँगै एकै टोलीबाट खेल्दा पनि कहिलेकाहीं असमझदारी भने हुने गरेको रन्जनले बताए । ‘ खेलमा कहिले काहीं गल्ति हुँदा रिसाउने बानि थियो । म पनि बेलाबेलामा रिसाउँथे होला । तर मैदानभित्र जे हुन्थ्यो त्यो घेराभित्र सिमित हुन्थ्यो । दुवै टोलीको राम्रो नतिजाका लागि खेल्ने भएकाले कहिले त्यो कुरा समस्या भएन । अब उ टोलीमा नहुँदा केहि फरक अनुभव पक्कै हुनेछ,’ रन्जनले बताए ।

रन्जन चोटका कारण लामो समयदेखि राष्ट्रिय टोलीमा छैनन् । उनले अब लिगमा थ्री स्टारबाट खेल्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सोच बनाएका छन् । ‘ राष्ट्रिय टोलीमा फर्कन निकै मिहिनेत गरेको छु । थ्री स्टारले म माथि गरेको विश्वास मैदानमा राम्रो प्रदर्शन गरेर फिर्ता गर्ने लक्ष्य छ । हामीले लिग उपाधिको लक्ष्य राखेपनि १३ खेलमा प्रत्यक खेलको महत्त्व हुने बुझेका छौं,’ रन्जनले भने ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.