6 years ago
September 23, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले एस्पान्योलविरुद्ध १-० को कठिन जित हासिल गर्यो । ग्यारेथ बेल, मार्सेलो र टोनी क्रुसलाई विश्राम दिएको उक्त खेलमा रियलले निकै मिहिनेत गर्नुपरेको थियो ।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको रियलका डिफेन्डर राफेल भारानले रियलले सधैं सहज जित मात्र हासिल गर्छ भन्ने अपेक्षा गर्नु गलत रहेको बताए । ‘ हामी सबै खेल ५-० ले नै जित्छौं भन्ने आशा राख्नु राम्रो होइन । हामी मिहिनेत गर्दै अगाडी बढ्छौं र उपाधिका लागि सुखद नतिजाको प्रयास गर्नेछौं,’ उनले भन, ‘हामी तुलनात्मक रुपमा राम्रो टोली भएपनि बल साथमा हुँदा त्यसको सहि उपयोग गर्ने पर्छ । हामीले एस्पान्योलविरुद्ध पनि अवसर सिर्जना गरेका थियौं, तर अन्य खेलको तुलनामा त्यो फितलो रहयो ।’
रियलको जितमा एसेन्सियोले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । एसेन्सियोले रियलको सिनियर टिममा स्थान बनाउनुअघि एक सिजन एस्पान्योलमा बिताएका थिए । उनले सन् २०१५-१६ मा एस्पान्योलबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेपछि गतवर्ष रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानले सिधै सिनियर टोलीमा अवसर दिएका थिए । एसेन्सियोले उक्त अवसरलाई सदुपयोग गर्दै रियालमा आफ्नो बलियो प्रदर्शन गर्दै आएका छन् ।
एस्पान्योलविरुद्धको जित निकै कठिन रहेको एसेन्सियोले पनि स्वीकारे । ‘हामीलाई थाहा थियो कि यो खेल सहज हुने छैन । च्याम्पियन्स लिगमा खेलेर आउने बितिक्कै लिग खेलमा त्यसैअनुसार खेल्न कठिन हुन्छ । दोस्रो हाफमा हामीले खासै राम्रो खेल्न सकेनौं,’ उनले भने । रियलले च्याम्पियन्स लिग अन्तर्गत एएस रोमालाई ३-० ले पराजित गरेको थियो । अब रियलले बुधबार हुने खेलमा सेभिल्लाको सामना गर्नेछ ।
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]